कोरोना संक्रमितको संख्या ३१ हजार नाघ्यो

विराटनगर, ६ भदौं । नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ३१ हजार नाघेकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमका अनुसार नेपालमा संक्रमितकाे संख्या ३१ हजार ११७ पुगेको छ ।

शनिबार देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा ६३४ संक्रमित थपिएका हुन् ।

पछिल्लाे २४ घण्टामा १ सय २४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १८ हजार ३ सय ५० जना पुगेको छ।

Loading...