Rumpum Advertisement

विराटनगरमा ३३ सहित प्रदेशमा थपिए १०२ संक्रमित

विराटनगरमा ३३ सहित प्रदेशमा थपिए १०२ संक्रमित

विराटनगर, ६ भदौ । विराटनगर महानगरपालिका भित्र ३३ सहित प्रदेश १ मा १०२ कोरोना संक्रमित थपिएका छन् । शनिबार ३७ महिला र ६५ पुरुषमा संक्रमित थपिएका हुन । १०२ जना संक्रमित थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ५८९ पुगेको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार मोरङमा ४९, सुनसरीमा ३०, झापामा १६, भोजपुरमा ३, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङको विराटनगरमा २० महिला १३ पुरुष, सुनबर्षीमा २ महिला ८ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, कटहरीमा २ पुरुष, धनपालथानमा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिलामा संक्रमण पुष्टि भएको हो ।

सुनसरीको दुहवीमा १२ पुरुष, इटहरीमा ५ महिला ३ पुरुष, धरानमा १ महिला ३ पुरुष, गढीमा १ महिला ३ पुरुष, भोक्राहामा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापाको दमकमा ३ महिला १३ पुरुष, भोजपुरको अरण गाउँपालिकामा ३ पुरुष, इलामको देउमाईमा १ पुरुष र प्रदेश १ बाहिरमा २ महिला १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ . संक्रमित मध्ये १ हजार २४३ जना संक्रमण मुक्त भएका छन् ।