आदर्शमा भर्चुअल अभिभावक भेला, अनलाइन कक्षा प्रभावकारी बनाउन जोड

विराटनगर, ६ भदौं । विराटनगरको आदर्श माध्यमिक विद्यालयले भर्चअल अभिभावक भेला गरेको छ । कोरोनाको प्रभाव र विद्यालयले सञ्चलन गरेको अनलाइन शिक्षाका बारेमा प्रतिक्रिया लिन भर्चुअल अभिभावक भेला गरेको हो ।।

विद्यालयका प्रधानाध्यापक तुलसीप्रसाद दुलालको अध्यक्षतामा भएको भेलामा चारसय बढी अभिभावक सहभागि थिए ।

छलफलमा सहभागि भएका अभिभावकले बैकल्पिक सिकाई पद्धतीलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् । संकटका बेला विद्यालयबाट सञ्चालित अनलाइन कक्षा सिर्जनात्मक हुनुपर्ने बताउँदै अभिभावकहरुले सिकाई पद्दतीमा अभिभावकलाई शिक्षकसँग पनि जोड्न आग्रह गरेका थिए ।

अनलाइन कक्षा भन्दा बाहिर रहेका विद्यार्थीलाई पनि समेटेर अतिरिक्त क्रियाकलापमा विद्यार्थी सहभागित बढाउनुपर्ने अभिभावकको सुझाव थियो ।

विद्यालय ब्यवस्थापन समिति सदस्य भगवती दाहालले विद्यालयले अनलाइन कक्षा लिन वाँकी रहेका र पहुच नभएका विद्यार्थीलाई पनि जोड्ने प्रयास भइरहेको बताए । शिक्षक अभिभावक संघका अध्यक्ष बावुकाजी थापाले गुणस्तरीय शिक्षण सिकाईमा जोड दिनुपर्ने बताए ।

Loading...