Rumpum

Rumpum Advertisement

दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना संक्रमण पुष्टि

दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना संक्रमण पुष्टि

सिरहा, ६ भदौ । मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीन दिनअघि गत भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका–४ निवासी ६८ वर्षीय वृद्धमा आज कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित ती वृद्धको गत भदौ २ गते गाउँमै स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला पठाइएको र रिपोर्ट नआउँदै उनको भदौ ३ गते मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख यादवले बताए । उनको कोरोना संक्र्रमण पुष्टि भएर मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिएको प्रमुख यादवको भनाइ छ ।

योसँगै सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि सिरहाको गोलबजार नगरपालिका–१२ का २२ वर्षीय युवक र विष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।