विपीमा प्लाज्मा थेरापी गरेका संक्रमितको मृत्यु

विराटनगर, ६ भदौं । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमितको मृत्यु भएको छ ।

शनिबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धरान उपमहानगरपालिका – १५ का ६७ वर्षिय वृद्धको मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार शनिबार दिउँसो उनको मृत्यु भएको हो । उनका अनुसार मृतकको प्लाज्मा थेरापी गरिएको थियो । तर स्वास्थ्य अवस्था गम्भीर भएका कारण थेरापी असफल भएको छ ।

‘अवस्था गम्भिर भएपछि हामीले प्लाज्मा थेरापी गरेका थियौं ।’ उनले भने ‘ विपीमा प्लाज्मा थेरापी गर्ने उहाँ दोस्रो व्यक्ती हुनुहुथ्यो ।’ पहिलो प्लाज्मा थेरापी गरेको पुरुषको स्वास्थ्य अवस्था सामान्य छ ।

मृतकमा २७ साउनमा कोरोना पोजेटिभ देखिएको थियो । सोही दिन उनी प्रतिष्ठानमा भर्ना भएका थिए । याे सँगै प्रदेश १ मा काेराेना संक्रमणका कारण ज्यान गुमाउनकाे संख्या १५ पुगेकाे छ । ती मध्ये १३ जना माेरङका हुन । २ जना धरानका हुन ।

Loading...