गजल

केशवजी

यसर्थ आँखामा पानी राखेको रहेछु ।
कि मैले बारम्बार आगो चाखेको रहेछु ।

कारण दिएनन् कसैले अडिएर सोधे,
हावामा भाग्नेकै भिडमा भागेको रहेछु ।

जब पदचाप पच्छ्याएर आउनेहरु देखेँ,
बुझेँ जिन्दगी बाटोमा छापेको रहेछु ।

कुरा खुस्काए मबाट लि’राख्नेहरूले,
नदिनेहरुसँग पो मागेको रहेछु ।

न कद लम्बियो कहिल्यै न पर्खाल छोट्टियो,
यतिञ्जेल उफ्रिएर के नापेको रहेछु ?

Loading...