Rumpum

Rumpum Advertisement

अभिनय

अभिनय

दीपा मेवाहाङ राई


आँसु लुकाएर आँखाबाट
जिन्दगी नामको रङ्गमञ्चमा
उभिएको छु म ।

यहाँ बनावटी हाँसो छर्नु पर्छ
पीडा लुकाएर मनभरि
उत्साहको जुलुसमा निस्कनु पर्छ ।

किनकि
जिन्दगी नामको रङ्गमञ्चमा
पर्दा खस्नअघिसम्म
टिकिरहनु छ मैले ।