राजेशको ‘त्यो तिमी हौ’ सार्वजनिक

काठमाडौ, ६ भदौ । राजेश पायल राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । ‘त्यो तिमी हौ’ बोलको गीतमा निर्मला राई ‘परिवेश’को शब्द रचना तथा अर्जुन पोखरेलको संगीत रहेको छ । रचनाकार निर्मला राई ‘परिवेश’ले थुप्रै चलचित्रका गीत तथा एल्बमका गीतहरु लेखिसकेकी छन् । मिलन चाम्सको निर्देशनमा बनेको भिडियोमा नायक दयाहाङ राई र नायिका आँचल शर्मा फिचर्ड छन् ।


महाराज थापाको संगीत संयोजन रहेको गीतको भिडियोलाई सुदीप बरालले छायांकन, प्रज्वलित पराजुलीले सम्पादन र जुनिम गहतराजले कलर संयोजन गरेका छन् । भिडियोको सहायक निर्देशन गिरिराज घिमिरेले गरेका छन् । भिडियोमा दयाहाङ राई र आँचल शर्मा रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

Loading...