जहदाबाट १४ किलो गाँजा बरामद

विराटनगर, ६ भदौ । भारततिर कटाउन लागेको अवस्थामा प्रहरीले मोरङको जहदाबाट शनिबार बिहान १४ किलो गाँजा नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले नेपाल–भारत सीमा क्षेत्रबाट लागुऔषध गाँजा बरामद गरेको हो । नेपाली र भारतीय नम्बर प्लेटका दुईवटा मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा जहदा गाउँपालिका–३ हात्तीबन्दाबाट गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए ।

प्रहरीले गाँजासहित नियन्त्रणमा लिएको मोटरसाइकल ।

उनका अनुसार गाँजा ओसारपसारमा संलग्न भने प्रहरी आएको देखेपछि मोटरसाइकल र गाँजा त्यहीँ छाडेर खेतैखेत भागेका छन् । झोलामा प्याक गरेर दुईवटा मोटरसाइकलमा हालेर लैजाँदै गरेको अवस्थामा गाँजा बरामद भएको छ ।

प्रहरीले गाँजा भारत कटाउन प्रयोग गरिएको को १८ प २६१९ नेपाली र बीआर ३८ आर ९४४० नम्बरको भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको छ । मोटरसाइकलका आधारमा गाँजा तस्करीमा संलग्नको खोजी भइरहेको थापाले बताए ।

Loading...