वीरगन्जमा फेरि कोरोनाले अर्को मृत्यु

विराटनगर, ६ भदौ । वीरगञ्जमा फेरि शनिबार बिहान कोरोना कारण एक पुरुषको मृत्यु भएको छ ।

गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा पर्साको बहुदरमाइ नगरपालिकाका ६१ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतक पुरुषमा दम, उच्चरक्तचाप लगायतका समस्या थिए । बिरामी परेपछि उनलाई निमोनिया पनि देखिएको थियो ।

पुरुषलाई साउन ३१ गते वीरगन्जको अलि अर्थो ट्रमा सेन्टरमा उपचारका लागि भर्ना गरिएको थियो । बुधबार स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको डा. दिपक कुशवाहाले जानकारी दिए।

यसअघि शुक्रबार राति पनि वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमै अर्का एक संक्रमित ५७ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

पर्सामा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ। साउन यतामा मात्रै ३१ जनाको मृत्यु भएको हो । वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकामध्ये पर्साका २७, बाराका पाँच र रौतहटका दुई जना छन् ।

Loading...