मृत्युपछि कोरोना पुष्टि

विराटनगर, ६ भदौ । चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबारराति उपचारका क्रममा मृत्यु भएका हेटौंडाका ७५ वर्षीय वृद्धमा मृत्युपछि कोरोना पुष्टि भएको हो । बुधबार उनलाई उपचारका लागि भर्ना गरिएको छ ।

उनको स्वाब संकलन गरी चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाइएको थियो । पुनः भरतपुर कोभिड ल्याबमा शुक्रबार राति परीक्षण गर्दा पनि उनको रिपोर्ट पोजेटिभ आएको हो ।

वृद्धको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

Loading...