कोरोनाले वीरगञ्जमा थप एक जनाको मृत्यु

विराटनगर, ६ भदौ । कोरोना भाइरस संक्रमणका कारण वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ ।

बिहीबार स्वाब परीक्षणका लागि दिइका ५८ वर्षीय पुरुषको शुक्रबार राति ८ बजे मृत्यु भएको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ का पुरुषलाई संक्रमण पुष्टि भएपछि उपचारका लागि वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो ।

उनको मृत्यु कोरोना संक्रमण पुष्टि भएकै दिन शुक्रबार भएको बताइएको छ । स्वासप्रस्वासमा समस्या रहेको ती पुरुषलाई उपचारको क्रममा चिकित्सकले आइसीयूमा भर्ना गरेका थिए। थप समस्या भएपछि चिकित्सककै सल्लाहमा भेन्टिलेटरमा पनि राखेर उपचार थालिएको थियो ।

मृतकको कुनै ट्राभल हिस्ट्री फेला नपरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

Loading...