गान्धीले लगाउने चस्माको मूल्य दुई करोड ५५ लाख भारु

विराटनगर, ६ भदौ । महात्मा गान्धीले लगाउने गरेको चस्माको मूल्य दुई करोड ५५ लाख भारतीय रुपैयाँ (भारु) परेको छ ।

बेलायतको लिलामी संस्था इस्ट ब्रिस्टल अक्सन्सले गरेको बोलबढाबढ लिलामीमा उक्त चस्मा दुई करोड ५५ लाख भारतीय रुपैयाँमा लिलाम भएको छ । चस्मा एक अमेरिकी नागरिकले किनेर लगेको बताइएको छ ।

इस्ट ब्रिस्टलका एन्ड्रयू स्टोले गान्धीको चस्मा १४ लाख भारुसम्ममा बिक्री हुने अपेक्षा गरेको भए पनि त्यो भन्दा धेरै गुणा बढी मूल्यमा लिलाम भएको हो । सो चस्माका मालिक ब्रिस्टलको म्यानगट्सफिल्डका वृद्धले लिलामीबाट आएको रकम छोरी र आफूले बाँडेर लिने बताएको बीबीसीले जनाएको छ ।

दक्षिण अफ्रिकामा काम गर्ने बेला सन् १९१० देखि १९३० को ताका गान्धीले आफ्ना काकालाई सो चस्मा दिएको बताइएको छ ।

Loading...