क्यालिफोर्नियामा लागेको डढेलोमा छ जनाको मृत्यु, हजारौं बिस्थापित

विराटनगर, ६ भदौ । क्यालिफोर्नियाको उत्तर तथा पश्चिम क्षेत्रमा व्यापक रुपमा फैलिएको डढेलोका कारण छ जनाको मृत्यु भएको छ ।

हजारौं मानिसहरु विस्थापित बन्नु पर्ने अवस्था आएको छ । डढेलोका कारण अमेरिकाको पश्चिमी क्षेत्रको वायुमा धुवाँको मात्रा अधिक भएको छ । क्यालिफोर्नियाको पहाडी क्षेत्रदेखि सन फ्रान्सेस्कोको दक्षिण तथा पश्चिमसम्म सयौँ स्थानमा डढेलो फैलिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

आगलागीका कारण तातो हावा चल्दा जनजीवन थप प्रभावित भएको छ । अहिलेसम्म सयौँ भवनहरु जलेका छन्, हजारौँ भवनहरु जोखिममा आएका छन् ।

शुक्रबारसम्म अघिल्लो दिनको तुलनामा केही डढेलोको आधार दोब्बर भएको बताइएको छ । डढेलोबाट जोगिनका लागि एक लाख ७५ हजार भन्दा बढी मानिस बिस्थापित भइसकेका छन्

डढेलो नियन्त्रणका लागि १० हजार भन्दा बढी अग्नि नियन्त्रक खटिए पनि नियन्त्रण सम्भव भइरहेको छैन ।

Loading...