नाभाल्नीलाई जर्मनी जान दिन चिकित्सक सहमत

विराटनगर, ६ भदौ । रुसी सत्ताका आलोचक विपक्षी नेता एलेक्सी नाभाल्नीलाई जर्मनी जान दिन उनको उपचारमा संलग्न चिकित्सक सहमत भएका छन् ।

४४ वर्षका नाभाल्नी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक हुन् । विमानमा रहेका बेला बिरामी परेर कोमामा गएका उनको स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै सुरुमा जर्मनी जान दिने पक्षमा रुसी डाक्टरहरु देखिएका थिएनन् । तर अहिले उनीहरु साइबेरियन शहर ओम्स्कमा उपचाररत नाभाल्नीलाई विमान मार्फत जर्मनी जान दिन सहमत भएको बीबीसीले जनाएको छ।

नाभाल्नीका समर्थकहरुले उनले विमानस्थलको क्याफेमा खाएको चियामा विषाक्त पदार्थ मिलाइएको र सत्ताले आफ्नो अपराध ढाकछोप गर्न चाहेको आरोप लगाउँदै आएका छन् । भ्रष्टाचार विरोधी अभियन्ता नाभाल्नी उडानको क्रममा बिरामी परेपछि विमान ओम्स्कमा आपतकालीन अवतरण गरिएको थियो ।

गएको जुनमा राष्ट्रपति पुटिनले आफूलाई थप दुई कार्यकाल सत्तामा टिक्नका लागि मार्ग प्रशस्त गर्ने गरी संवैधानिक परिवर्तन गरेका थिए । सो बेला त्यसलाई संविधानको उल्लंघन र कू का रुपमा परिभाषित गरेपछि नाभाल्नी चर्चामा आएका थिए ।

Loading...