Rumpum

Rumpum Advertisement

विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या आठ लाख नाघ्यो

विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या आठ लाख नाघ्यो

विराटनगर, ६ भदौ । विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या आठ लाख नाघेको छ ।

एकै दिन पाँच हजार सात सय ७७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या आठ लाख दुई हजार तीन सय १५ पुगेको हो । विश्वमा संक्रमित संख्या दुई करोड ३० लाख ९६ हजार पाँच सय ५४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै दुई लाख ४६ हजार तीन सय ९१ नयाँ संक्रमित थपिए ।

एक करोड ५६ लाख ८८ हजार दुई सय ६८ जना उपचारपछि कोरोना पराजित गरेर घर फर्किएका छन् । ६६ लाख पाँच हजार नौ सय ७१ जना उपचाररत रहेकोमा ६१ हजार आठ सय ४९ जनाको अवस्था गम्भीर छ ।

कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म एक लाख ७९ हजार एक सय ५० जनाले ज्यान गुमाएका छन् । एकै दिन एक हजार एक सय २० जनाको मृत्यु भयो ।

५७ लाख ९५ हजार दुई सय ४५ संक्रमित पुगेका छन् । एक दिनमा ४८ हजार नौ सय ७३ जना थपिएका छन् । ३१ लाख १९ हजार आठ सय तीन जना उपचारपछि निको भएर घर फर्किएका छन् । २४ लाख ९६ हजार दुई सय ९२ जना उपचाररत रहेकोमा १६ हजार आठ सय ३३ जनाको अवस्था चिन्ताजनक छ ।

प्रभावित मुलुकमध्ये दोस्रो नम्बरमा रहेको ब्राजिलमा एक लाख १३ हजार चार सय ५४ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै एक हजार ३१ जनाले ज्यान गुमाए ।

संक्रमित संख्या ३५ लाख ३६ हजार चार सय ८८ पुगेको छ । २६ लाख ७० हजार सात सय ५५ जना उपचारपछि निको भएका छन् । सात लाख ५२ हजार दुई सय ७९ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

छिमेकी मुलुक भारतमा कोरोनाका कारण ५५ हजार नौ सय २८ जनाको मृत्यु भएको छ । एकै दिन नौ सय ५३ जनाको ज्यान गयो ।

भारतमा संक्रमित संख्या २९ लाख ७३ हजार तीन सय ६८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ६९ हजार ३९ नयाँ संक्रमित थपिए ।

२२ लाख २० हजार सात सय ९९ जना उपचारपछि घर फर्किएका छन् । छ लाख ९६ हजार छ सय ४१ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर रहेको वाल्डोमिटरले जनाएको छ ।