एकजना संक्रमित खोज्न राज्यको १ लाख ४ हजार खर्च

एकजना संक्रमित खोज्न राज्यको  १ लाख ४ हजार खर्च

विराटनगर, ५ भदौं । सरकारले पीसीआर परीक्षणमा तीन अर्ब १९ करोड खर्च गरेको छ। सरकारले ३० हजार ४८३ संक्रमितको खोजीमा करिब तीन वर्ष १९ करोड खर्च गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार अहिलेसम्म पीसीआर परीक्षणमा मात्र तीन अर्ब, १८ करोड, ९४ लाख, ४४ हजार पाँच सय खर्च भएको छ ।

सरकारले पाँच लाख ७९ हजार ८९९ जनाको पीसीआर गरेको छ । एक व्यक्तीको पीसीआर जाँचमा राज्यकोषको पाँच हजार खर्च हुन्छ ।

सरकारले कोरोनाको एउटा केस भेट्नका लागि एक लाख चार हजार खर्च गरेको उनले बताए । ‘कोरोनाको एउटा पोजिटिभ केश भेट्न सरकारले एक लाख ४ हजार ६ सय ३१ रुपैयाँ खर्च हुँदैछ ।’ उनले भने ‘ एउटा गम्भीर बिरामीलाई ३० दिन आइसीयूमा राख्नु परेमा साढे चार लाख खर्च हुन्छ ।’

‘अहिलेसम्म पीसीआर परीक्षणमा मात्र तीन अर्ब, १८ करोड, ९४ लाख, ४४ हजार पाँच सय खर्च भएको उनले बताए ।

कोरोना जाँच र उपचार खर्चिलो भएकाले इमरजेन्सी काम बाहेक घरबाहिर ननिस्कन उनले आग्रह गरे ।