मन बुझाउ दिदी (कविता)

कुमार गिरी

नरिसाउ दिदी यो पाली आउन पाईन लिन ।
कोरनाको कहर बढ्न थालेको छ, आजभोली दिनका दिन ।।

अर्को तिजमा रमाउली दिदी नदुखाउ मन ।
बरू गीत मै गाई दिम्ला, नाच्नु तिमी कम्मर मर्काई छम्छम ।।

के गर्छौ दीदी, देश नै समस्यामा डुबेको छ ।
रहर त सबैको उहीँ हो, मात्र मनलाई बाधेर बस्नु परेको छ ।।

समय पनि कति निर्दही भाको, बस्नु परेको छ मन बुझाई ।
अर्को वर्ष पक्कै आउँछु दीदी, कोरोनाको डर मनबाट भगाई ।।

Loading...