Rumpum Advertisement

बालिका बलात्कारको आरोपमा रतुवामाईका युवक पक्राउ

बालिका बलात्कारको आरोपमा रतुवामाईका युवक पक्राउ

विराटनगर,५ भदौ । मोरङको रतुवामाई नगरपालिका–७ सिजुवामा बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

प्रहरीले स्थानीय २० वर्षीय अभिषेक राजवंशीलाई पक्राउ गरेको हो ।

बालिकालाई रतुवामाई–७ मसानघाटमा लगेर बुधबार साँझ ललाईफकाई बलात्कार गरेको उजुरी पछि पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

उनका अनुसार रक्तश्राव नरोकिएर बलात्कृत बालिका बेहोस समेत बनेकी थिइन् । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उपचारका लागि राजवंशीले आफैले बालिकालाई लगेका थिए ।

उपचारका क्रममा बालिका बलात्कृत भएको खुलेको डीएसपी राईले बताए । उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचाररत बालिकाको स्वास्थ्य अवस्था सामान्य छ । उपचारका क्रममा बालिकालाई दुई पिन्ट रगतसमेत चढाउनु परेको थियो ।

बालिका बलात्कारमा संलग्न राजवंशीलाई इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी नायव निरीक्षक मोती कटुवाल नेत्रृत्वको टोलीले पक्राउ गरेको हो । बालिकासँग सहमतिमै शारीरिक सम्पर्क भए पनि कानुनले बलात्कार मानेको छ ।

राजवंशीविरुद्ध जवरजस्ती करणी मुद्दा चलाउन प्रहरीले शुक्रबार अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ ।