Rumpum

Rumpum Advertisement

मोरङका चार स्थानीय तहमा निषेधाज्ञा, राति ९ बजेपछि हिँडडुल प्रतिबन्ध

मोरङका चार स्थानीय तहमा निषेधाज्ञा, राति ९ बजेपछि हिँडडुल प्रतिबन्ध

विराटनगर, ५ भदौ । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकासहित चारवटा स्थानीय तहमा निषेधाज्ञा जारी गरेको छ ।

संक्रमण तीब्र रूपमा फैलिएका कारण प्रशासनले विराटनगर महानगरका सबै वडा र अन्य तीनवटा स्थानीय तहका प्रभावित वडामा पाँच दिन निषेधाज्ञा जारी गरेको हो ।

शुक्रबारबाट रातिबाट लागू हुनेगरी विराटनगर महानगरपालिका, रंगेली नगरपालिकाका चार वटा वडा, कटहरी गाउँपालिकाका पाँच वटा वडा र बुढीगंगा गाउँपालिकाका चार वटा वडामा निषेधाज्ञा जारी गरेको हो ।

शुक्रबार राति १२ बजेबाट सुरु हुने निषेधाज्ञा १० भदौं राति १२ बजेसम्म कायम रहने मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार विराटनगर महानगरपालिकाका सबै वडामा निषेधाज्ञा जारी गरिएको छ । रंगेली नगरपालिकाका ४,५,६ र ७ नम्बर वडा, कटहरी गाउँपालिकाको १,२,३,४ र ५ नम्बर वडा र बुढीगंगा गाउँपालिकाको १,२,३ र ४ नम्बर वडामा निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले जिल्लाभर राति ९ बजेबाट हिँडडुल गर्न प्रतिबन्ध लगाएको छ । संक्रमण फैलिएका कारण राति नौ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न प्रतिबन्ध लगाएको हो ।

प्रशासनले निषेधाज्ञा जारी भएको स्थानमा घरबाट बाहिर ननिस्कन अपिल गरेको छ । निषेधाज्ञाको उल्लङ्घन गरे कानूनअनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

बजार क्षेत्रमा अतिआवश्यक खाद्यबस्तु, इन्धन, तरकारी फलफूल, डेरीलगायत पसल बिहान ९ बजेपछि खोल्न नपाइने बताइएको छ ।