Rumpum

Rumpum Advertisement

बरुण र साराको ‘कुल्ली नम्बर १’ पनि ‘डिजिटल रिलिज’ हुने

बरुण र साराको ‘कुल्ली नम्बर १’ पनि ‘डिजिटल रिलिज’ हुने

विराटनगर, ५ भदौ । कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै कयौं महिनादेखि सिनेमा हलहरू बन्द छन् ।

सिनेमा हलहरू बन्द भएका कारण एक दर्जनभन्दा बढी बलिउड फिल्महरू डिजिटल माध्यमबाट रिलिज भइसकेका छन् ।

यस्तैमा अब, अभिनेता बरुण धवन र अभिनेत्री सारा अली खान अभिनित फिल्म ‘कुल्ली नम्बर १’ पनि डिजिटल माध्यमबाट रिलिज हुने भएको छ ।

फिल्मलाई यो वर्षको तिहारमा प्राइम भिडियो इनमार्फत डिजिटल माध्यमबाट रिलिज गर्ने तयारी रहेको निर्माणपक्षले जनाएको छ ।

बरुणका पिता डेविड धवनले निर्दशन गरेको फिल्मको छायांकन लकडाउन हुनुअघि नै गोवामा सकिसकेको थियो । सन् १९९५ मा निकै हिट भएको फिल्म ‘कुल्ली नम्बर १’मा अभिनेता गोविन्दा र अभिनेत्री करिश्मा कपूर, परेश रावल, जोनी लिभरलगायतको अभिनय रहेको थियो ।

लमा रिलिज हुन नपाएपछि र ओटीटी प्लेटफर्ममा फिल्म रिलिज गर्नबाहेक कुनै विकल्प नबचेको हुँदा आलिया भट्टको ‘सडक २’ अक्षय कुमारको ‘लक्ष्मी बम’, अजय देवगनको ‘भुज’, अभिषेक बच्चनको ‘द बिग बुल’, विद्युत जामवालको ‘खुदा हाफिज’ र कुणाल खेमूको ‘लूटकेस’, लगायत केही अन्य फिल्महरू डिजिटल प्लेटफर्ममार्फत रिलिज हुनका लागि तयार छन् ।