विराटनगरमा निषेधाज्ञा जारी

विराटनगर, ५ भदौ । विराटनगरमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । शुक्रबार रातिबाट लागू हुनेगरी विराटनगरमा निषेधाज्ञा जारी गरिएको हो ।

आजबाट सुरु हुने निषेधाज्ञा १० भदौसम्म कायम रहने मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले जानकारी दिए ।

विराटनगरमा समुदायस्तरमा कोरोना संक्रमण देखिएको छ । शुक्रबारसम्म ७७४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ९ जनाको मृत्यु भइसकेको छ । संक्रमण दर बढेपछि १६ साउनबाट विराटनगर लकडाउनमा छ ।

दाेस्राे चरणमा थप गरेकाे एकसाता लामाे लकडाउन अन्त्य भएसँगै महानगरपालिकाले निषेधाज्ञा जारी गर्न सिफारिस गरेकाे थियाे । स्थानीय सरकारकाे सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालयले विराटनगर महानगरपालिका भित्र १० भदाैं रातिसम्म निषेधाज्ञा जारी गरेकाे हाे ।

प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले विराटनगर महानगरपालिका सबै वडा, कटहरी, रंगेली र बुढीगंगा गाउँपालिकाका केही वडामा शुक्रबार राति १२ बजेदेखि १० भदाैं राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेका हुन ।

विराटनगर महानगरपालिकाका सबै वडासँगै रंगेली नगरपालिकाका ४,५,६ र ७ नम्बर वडा, कटहरी गाउँपालिकाको १,२,३,४ र ५ नम्बर वडा र बुढीगंगा गाउँपालिकाको १,२,३ र ४ नम्बर वडामा निषेधाज्ञा जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिए ।

Loading...