Rumpum

Rumpum Advertisement

यस्ता छन् व्यायाम गरेर पसिना बगाउनुका फाइदा

यस्ता छन् व्यायाम गरेर पसिना बगाउनुका फाइदा

विराटनगर, ५ भदौ । गर्मीमा पसिना आउनु सामन्य मानिन्छ । शरीरबाट केही मात्रामा पसिना चुहाउनु स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ ।

पसिना ग्रन्थीहरूले छालालाई शरीरबाट विषाक्त पदार्थहरू फिल्टर गर्न मद्दत गर्छ, जसले फलस्वरूप प्रतीरक्षा प्रणालीलाई बढावा दिन्छ र विभिन्न रोगहरू लाग्नबाट बचाउँछ । पसिना निस्कँदा शरीर चिसो हुने र शरीरको उचित तापमान कायम हुने गर्छ ।

शरीरको तापक्रमलाई नियमित गर्न एक्रिन ग्रन्थीहरूले पसिना उत्पादन गर्छन्, जुन शरीरको सबै भागमा हुन्छन् । कपालको फोलिकलहरूसँग जोडिएको एपोक्राइन ग्रन्थीहरूले शरीरमा डर र चिन्ता जस्ता भावनात्मक तनावका कारण पसिना उत्पादन गर्छ । व्यायाम गर्दा निस्कने पसिना शरीरका लागि धेरै नै फाइदाजनक हुन्छ ।

व्यायाम गर्दा जति धेरै पसिना निस्कन्छ, शरीरबाट त्यति धेरै क्यालोरी बर्न भएको बुझिन्छ । पसिना बगाएर गरिने व्यायामले शरीरको तौल घटाउन मद्दत गर्छ । शरीरबाट पसिना बग्दा अंग, मांसपेशी तथा टिस्युहरूमा रगत सर्कुलेशन बढ्छ ।

छालाले अल्कोहल र फोहोर उत्पादनहरू जस्ता विषाक्त पदार्थहरू बाहिर निस्किने हुँदा पासिनाले शरीरलाई डिटोक्सिफाइ गर्न मद्दत गर्छ ।

धेरै पसिना बग्दा शरीरबाट नुनको उन्मूलन हुने हुँदा मिर्गौलामा पत्थरी बन्नबाट रोक्न मद्दत गर्छ । शरीरबाट अत्यधिक पसिना निस्कँदा व्यक्तिलाई धेरै प्यास लाग्छ जसकारण उसले पानी धेरै पिउँछ ।

जसले डिहाइड्रेसनको समस्या र मिर्गौलामा पत्थरी हुने जोखिमलाई कम गराउँछ । अधिक मात्रामा पसिना निस्कँदा मृत छाला तथा ब्याक्टेरिया घटाउँछ जसकारण त्वचामा प्राकृतिक निखार आउँछ ।

पसिना निस्केपछि छालाको रोम छिद्र खुलेर छाला सफा हुन्छ । यसले डण्डीफोरलगायतका धेरै छालासम्बन्धी समस्याहरूको समाधान गर्छ ।