Rumpum

Rumpum Advertisement

आज थप २५० जनाले जिते कोरोना

आज थप २५० जनाले जिते कोरोना

विराटनगर, ५ भदौ । शुक्रबार नेपालमा थप २५० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा आज थप २५० जनाले कोरोना जितेर डिस्चार्ज भएको जनाएको हो ।

यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या १८ हजार २१४ पुगेको छ । कुल संक्रमितमध्ये ५९.८ प्रतिशतले कोरोना जितेका हुन् ।

काेराेना संक्रमितकाे संख्या ३० हजार ४८३ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १२ हजार १३२ रहेको छ । शुक्रबार थप ८३८ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

यस्तै शुक्रबार थप ११ जनाकाे काेराेनाबाट ज्यान गएकाे छ । यससँगै काेराेनाबाट मृत्यु हुनेकाे संख्या १३७ पुगेकाे छ ।