युनाइटेडका कप्तान मागुइरे पक्राउ

एजेन्सी, ५ भदौ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका कप्तान ह्यारी मागुइरे पक्राउ परेका छन् ।

बिदा मनाउनका लागि माइकोनसमा रहेका इंग्ल्याण्डका स्टार मागुइरेलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

बेलायती मिडिया डेली मेलका अनुसार बिहीबार राति त्यहाँका स्थानीय प्रहरीले मागुइरेलाई पक्राउ गरेको हो ।

युरोपा लिगको सेमिफाइनलमा सेभिल्लासँग पराजित भएपछि साथीसँग छुट्टी मनाउन उनी माइकोनास पुगेका थिए ।

नयाँ सिजनको प्रिमियर लिगअघि बिदा मनाउन गएका उनलाई हिजो राति प्रहरीले पक्राउ गरेको युनाइटेडले पनि विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै युनाइटेडले लेखेको छ, ‘कप्तान मागुइरे अघिल्लो राति माइकोनासबाट पक्राउ परेका छन् । यसबारे विस्तृतमा बुझ्ने काम भइरहेको छ ।’

गत साेमबार युराेपा लिगकाे सेमिफाइनलमा युनाइटेड सेभिल्लासँग २-१ गाेलले स्तब्ध भएकाे थियो । अब, १२ सेप्टेम्बरबाट सुरु हुने प्रिमियर लिगमा युनाइटेडले क्रिस्टल प्यालेससँग पहिलाे खेल खेल्दैछ । याे खेल १९ सेप्टेम्बरमा हुनेछ ।

Loading...