विराटनगरमा २९ सहित प्रदेश १ मा ८९ संक्रमित थपिए

विराटनगर, ५ भदौ । प्रदेश १ मा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार ३८ महिलासहित ८९ संक्रमित थपिएका हुन ।

थपिएका संक्रमित मध्ये मोरङमा ४४, सुनसरीमा २९, झापामा ७, इलाममा ४, पाँचथर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमित मध्ये विराटनगरका २९ जना छन् । विराटनगरमा १३ महिला र १६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

मोरङको कटहरीमा ५ महिला १ पुरुष, सुन्दरहरैचामा ३ महिला ३ पुरुष, धनपालथानमा २ र सुनबर्षीमा १ पुरुषमा संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको दुहबीमा २ महिला १२ पुरुष, इटहरीमा १ महिला ४ पुरुष, बर्जुमा २ महिला २ पुरुष, देवानगञ्जमा १ पुरुष, कोशी गाउँपालिकामा १ पुरुष, धरान, इनरुवा, गढी र बराहक्षेत्रमा १–१ महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापाको मेचीनगरमा ३ महिला १ पुरुष, विर्तामोडमा १ महिला १ पुरुष, दमकमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

इलामको सन्दकपुरमा २ महिला २ पुरुष, पाँचथरको फिदिम र उदयपुरको त्रियुगामा १–१ पुरुष, सर्लाहीका २ महिला र सिरहाका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ४८६ पुगेको छ ।

प्रदेश १ मा आज ६९ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट ४९, जनरल अस्पताल हरिनगर सुनसरीबाट १३ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज भएकामा मोरङका २९, सुनसरीका २५, झापाका ११, इलामका ३ र धनकुटाका १ जना रहेका छन् । प्रदेश १ मा आज सम्म १ हजार २ सय २४ जना डिस्चार्ज भएका छन् ।

Loading...