Rumpum

Rumpum Advertisement

‘एक भिलेन २’ मा जोन र अर्जुनको भिडन्त

‘एक भिलेन २’ मा जोन र अर्जुनको भिडन्त

विराटनगर, ५ भदौ । सन् २०१४ को हिट बलिउड फिल्म ‘एक भिलेन’ को सिक्वेलमा अभिनेता अर्जुन कपुर अनुबन्धित भएका छन् ।

केही समय अगाडि नै घोषणा गरिएको फिल्ममा अभिनेता जोन अब्राहम, आदित्य रोय कपुर, अभिनेत्री दिशा पटानी र तारा सुतरियाको अभिनय रहने पक्का गरिएको थियो ।

तर, हालै यसबारे जानकारी दिँदै फिल्ममा आदित्यको ठाउँमा अर्जुनलाई राखिएको छ । फिल्ममा अर्जुन र जोन दुवै भिलेनको भूमिकामा रहने छन् ।

‘एक भिलेन २’ खलनायकविरुद्ध खलनायकको भिडन्तबारे हुने फिल्ममा निर्देशक मोहित सुरी बताउँछन् ।

फिल्ममा अर्जुन ताराको जोडी हुनेछन्, तर कथामा अर्जुन र दिशाको प्रेम पनि हुनसक्ने बताइएको छ । फिल्मलाई भुषण कुमार र एकता कपुर मिलेर निर्माण गर्दै छन् ।

फिल्ममा दुई जना भिलेन हुने भएको कारण फिल्मको नाम ‘दो भिलेन’ राख्ने भन्ने खबर पनि बाहिरिएको थियो । तर, मोहित र निर्माता एकताले यस विषयमा केही निर्णय लिइसकेका छैनन् ।

स्क्रिप्टको काम सकिसकेको हुनाले फिल्मको छायांकन यही वर्षको अन्तिमबाट छायांकनमा जाने छ ।