कोशीको आइसोलेशनमा पुरुषको मृत्यु, कोरोना जाँचको रिपोर्ट आउन बाँकी

विराटनगर, ५ भदौ । कोशी अस्पताल विराटनगरको आइसोलेशनमा कोरोनासँग मिल्दो-जुल्दो लक्षण देखिएका एक पुरुषको मृत्यु भएको छ ।

बिहीबार राति कोशी अस्पताल भर्ना भएका ५० वर्षीय पुरूषको मृत्यु भएको हो । पथरीशनिश्चरे क्षेत्रमा वेवारिसे अवस्थामा भेटिएका पुरुषको घर धनकुटाको भेरीगाउँपालिका ३ रहेको बताइएको छ ।

खोकी, ज्वरो र छाती दुखेपछि भर्ना भएका उनको बिहीबार राति मृत्यु भएको कोशी अस्पताल विराटनगरका फिजिसियन डाक्टर लक्ष्मीनारायण यादवले जानकारी दिए ।

काेराेनासँग मिल्दाे-जुल्दाे लक्षण देखिएका उनकाे काेराेना जाँचका लागि स्वाब संकलन गरिएकाे छ । मृतक पुरुषको कोरोना जाँचको रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।

प्रहरीका अनुसार मृतक पुरुष केही महिनायता पथरी बजारमा बस्दै आएका थिए ।

Loading...