Rumpum

Rumpum Advertisement

नेकपा विराटनगर कमिटीको निर्मलीकरण अभियान

नेकपा विराटनगर कमिटीको निर्मलीकरण अभियान

विराटनगर, ५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगर महानगर कमिटिले कोरोना संक्रमितको घर निर्मलीकरण अभियान सुरु गरेको छ । समुदायमा संक्रमण फैलिन नदिन निर्मलीकरण अभियान सुरु गरेको हो ।

शुक्रबार विराटनगर–३ पुष्पाञ्जली टोल स्थित आरती स्ट्रिप्स्मा कार्यरत श्रमिकको घर निर्मलीकरण गरी अभियान सुरु गरेको नेकपा विराटनगर कमिटी अध्यक्ष सागर थापाले जानकारी दिए ।

महानगर कमिटीले प्रत्येक वडा कमिटीलाई परिचालन गरी आफ्नो वडाका संक्रमितको घरलाई निर्मलीकरण गर्ने  अभियान सुरु गरेको उनले बताए ।

शुक्रबार विराटनगर ३ मा एउटा घर, वडा ४ मा दुई वटा घर र वडा नम्बर ५ मा केही घरहरूमा निर्मलीकरण गर्ने काम भएको उनले बताए । अभियानसँगै जनचेतनाको काम पनि सुरु गरिएको उनले बताए ।