वीरगञ्जमा उपचारका क्रममा थप दुई जनाको मृत्यु

वीरगञ्ज, ५ भदौ । वीरगञ्जमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको छ । अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर र नारायणी अस्पतालमा गरी थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. निरज सिंहका अनुसार नारायणी कोभिड अस्पताल, वीरगञ्ज हेल्थ केयरमा उपचाररत वीरगञ्ज महानगरपालिका– १५ प्रतिमा चोकका ७१ वर्षीय वृद्धको बिहीबार साँझ मृत्यु भएको हो ।

यस्तै कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका रौतहटका एक जना पुरुषको उपचारको क्रममा शुक्रबार बिहान नारायणी अस्पताल वीरगञ्जको आकास्मिक कक्षमा मृत्यु भएको छ ।

रौतहटको ईशनाथ नगरपालिका–९ डुमरियाका ५५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको डा. सिंहले बताए । मृत्युपछि उनको स्वाब संकलन गरिएको र यसको रिपोर्ट आज साँझसम्म आइपुग्ने उनले बताए ।

Loading...