Rumpum

Rumpum Advertisement

विश्वभर एकै दिन साढे दुई लाख संक्रमित थपिए

विश्वभर एकै दिन साढे दुई लाख संक्रमित थपिए

जेनेभा, ५ भदाै । महामारीका रूपमा विश्वभर फैलिएको कोरोना भाइरसबाट सङ्क्रमित हुनेकाे संख्या दुई करोड २२ लाखभन्दा बढी भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दिएको जानकारीअनुसार विश्वभरिको कुल सङ्क्रमित संख्या दुई करोड २२ लाख ५६ हजार २२० पुगेको छ ।

तीमध्ये दुई लाख ६३ हजार ६०१ जना पछिल्लो २४ घण्टामा थपिएको पनि स्वास्थ्य संगठनले जनाएको छ ।

सोही अवधिमा अरु छ हजार ५५४ जनाको कोरोनाकै कारण मृत्यु भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

योसँगै अहिलेसम्म विश्वभरि कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या सात लाख ८२ हजार ४५६ पुगेको छ ।