बाँकेमा एकै दिन ५१ संक्रमित निको भए

नेपालगञ्ज, ५ भदौ । बाँकेमा शुक्रबार एकै दिन ५१ जना कोरोना संक्रमित निको भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कौशिलानगर आर्मी आइसोलेसन, नेपालगञ्ज मेडिकल कलेज चिसापानी आइसोलेसन, होटेल सिटी प्यालेस, खुल्ला कारागार, सुशील कोइराला क्यान्सर अस्पताल आइसोलेसन, आदर्श नगर आइसोलेसन र लायन्स डेण्टल अस्पताल आइसोलेसनबाट उनीहरू निको भएर डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमण भइ निको हुनेको संख्या ५ सय ४७ पुगेको छ । बाँकेमा अब आइसोलेसनमा रहनेको संख्या दुई सय ३९ रहेको छ ।

हालसम्म बाँकेमा सात सय ८७ जना कोरोना संक्रमण पुष्टि भएकामध्ये चार जनाको भने मृत्यु भइसकेको छ ।

Loading...