Rumpum Advertisement

नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको कोरोना बीमा गरिने

नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको कोरोना बीमा गरिने

काठमाडाैं, ५ भदाे । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको कोरोना बीमा गरिने भएको छ । कोरोना भाइरसको महामारी फैलिँदै गएपछि नेपाल क्रिकेट सङ्घ (क्यान)ले खेलाडीको कोरोना बीमा गर्न लागेको हो ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलका अनुसार राष्ट्रिय टोलीमा रहेका पुरुष खेलाडीको कोरोना बीमा गर्ने तयारी भइरहेको छ ।

उनले भने, “अवस्था हेरेर राष्ट्रिय टोलीको बन्द प्रशिक्षण गर्ने योजना छ । हाललाई पुरुष खेलाडीको कोरोना बीमा गर्छौँ ।”

सिनियर पुरुष टोलीको खेलाडीको कोरोना बीमा गर्ने क्यानको योजना छ ।

अग्रभागमा काम गर्ने कर्मचारीको समेत क्यानले कोरोना बीमा गर्ने जनाएको छ । “सरकारको निषेधाज्ञाको घोषणाले बीमा गर्न ढिलाइ हुन्छ”, प्याकुरेलले भने ।

क्यानले खेलाडी, खेल मैदानका कर्मचारी, कार्यालयका कर्मचारी, फिजियोलगायतको कोरोना बीमाको प्रक्रिया अगाडि बढाएको छ ।

कोरोनाका कारण क्रिकेट खेलाडी लामो समयदेखि प्रशिक्षणबाट वञ्चित छन् । यही भदौ १ गतेदेखि थाल्ने भनिएको प्रशिक्षण सरकारको निर्देशनपछि हाललाई स्थगित गरिएको छ ।