विराटनगरको एउटै वडामा संक्रमितको संख्या ९२, वडा नम्बर १९ मा संक्रमण शून्य

विराटनगर, ५ भदौ । समुदायस्तरमा कोरोना संक्रमण देखिएको विराटनगरको एउटै वडामा कोरोना संक्रमितको संख्या ९२ पुगेको छ ।

विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखाका अनुसार विराटनगर महानगरपालिका–१२ मा संक्रमितको संख्या ९२ छ । १९ वटा वडा रहेको विराटनगरका १८ वटा वडामा संक्रमित भेटिएका छन् । विराटनगर– १९ मा भने कोरोना संक्रमित भेटिएका छैनन् ।

महाशाखाका अनुसार वडा नम्बर १२ पछि सबैभन्दा बढी संक्रमित वडा नम्बर ६ र नाैंमा छन् । वडा नम्बर ६ मा ७० र वडा नम्बर ९ मा पनि ७० संक्रमित छन् । वडा नम्बर ८ मा ५३ संक्रमित छन् । विराटनगर– ५ र ११ नम्बर वडामा ४८–४८ कोरोना संक्रमित छन् ।

महानगरपालिकाका अनुसार विरानगर महानगरपालिका– १ मा ९, वडा नम्बर २ मा ४०, वडा नम्बर ३ मा ४६, वडा नम्बर ४ मा १७, वडा नम्बर ५ मा ४८, ६ मा ७०, ७ मा ३०, ८ मा ५०, ९ मा ६९ र वडा नम्बर १० मा ३० जना कोरोना संक्रमित छन् ।

त्यस्तै वडा नम्बर ११ मा ४८, १२ मा ९२, १३ मा २१, १४ मा १२, १५ मा ३५, १६ मा २५, १७ मा २६ र वडा नम्बर १८ मा २ जना संक्रमित छन् ।

बिहीबारसम्म विराटनगरमा संक्रमण पुष्टि भएका ७४५ मध्ये ७१ जनाको वडा खुलेको छैन् । संक्रमितमध्ये १४३ जना संक्रमणमुक्त भएका छन् ।

विराटनगर १९ नम्बर वडामा हालसम्म कोरोना संक्रमित नभेटिएको विराटनगर महागरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।

मृतकको संख्या नौ पुग्यो

विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या नौ पुगेको छ । तीमध्ये एउटै वडाका २ जना छन् ।

विराटनगर ९ का दुई जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विराटनगर–२ की एक महिला, विराटनगर ३ का एक पुरुष, विराटनगर ५ का एक वृद्ध, विराटनगर ६ का एक पुरुषको संक्रमणका कारण मृत्यु भएको छ ।

त्यस्तै विराटनगर १० का एक पुरुष, मोरङ कटहरी घर भइ विराटनगर १० बस्दै आएका एक पुरुष र विराटनगर १५ का एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

Loading...