आलोचनाको जवाफ दिँदै दुर्गेशको ‘आलुजस्तो गायक’ (भिडियोसहित)

विराटनगर, ५ भदौ । गायक’ दुर्गेश थापाले ‘आलुजस्तो गायक’ गीत सार्वजनिक गरेका छन् ।

इनाक्षी इन्टरटेनमेन्टको युटुब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो । सार्वजनिक भएको गीतको भिडियोमा दुर्गेशले आफूले संगीत, अभिनय, नृत्य केही नसिकी अनभवको आधारमा यो क्षेत्रमा आएको भन्ने गीतमा समेटेका छन् ।

बसन्त थापाको शब्द तथा संगीत रहेको गीतमा दुर्गैशसँगै अभिनेता पल शाह, पुष्प खड्का र सरिता केसीको अभिनय पनि रहेको छ।

शिव विकको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै ट्रेन्डिङमा समेत आइसकेको छ ।

पछिल्लो समय ऋषि धमलाको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा दुर्गेशलाई नारायणगोपालको कुनै एउटा गीत गाउनु भनेर अनुरोध गर्दा उनले भक्तराज आचार्यको गीत गाएपछि उनको धेरै आलोचना गरियो ।

दुर्गेशले ट्रोलको सिकार भएपछि त्यही आलोचनाको जवाफका रूपमा गीत सार्वजनिक गरेका हुन् ।

भिडियोमा उनलाई साथ दिनेहरूको क्लिपहरू पनि देखाइएको छ । दुर्गेशले आफूलाई कसरी बेस्ट प्रस्तुत गर्ने भन्ने मात्र ध्यान दिएको हुँदा गल्ती भएको खण्डमा माफी मागेका छन् ।

Loading...