Rumpum

Rumpum Advertisement

फाती र गार्सिया नेशन्स लिग खेल्ने स्पेनको टोलीमा

फाती र गार्सिया नेशन्स लिग खेल्ने स्पेनको टोलीमा

एजेन्सी, ५ भदौ । बार्सिलोनाका युवा स्टार अन्सु फाती र म्यानचेस्टर सिटीका युवा इरिक गार्सिया स्पेनको टोलीमा परेका छन् ।

स्पेनका प्रशिक्षक लुइस इनरिकले नेशन्स लिगका लागि घोषणा गरेको टोलीमा युवा स्टारद्वय फाती र गार्सिया पनि परेका हुन् ।

इनरिकले नेशन्स लिगका लागि जर्मनी र युक्रेनविरुद्ध खेल्नका लागि टोली घोषणा गरेका हुन् ।

इनरिकको टोलीमा ओस्कार रोड्रिग्वेज, युनाइ सिमोन, फेरान टोरेस, पाउ टोरेस, सर्जियो रेगुइलन, मिकेल मेरिनो, अडामा टोरेस र मार्को एसेन्सियो पनि परेका छन् ।

स्पेनले आगामी ३ सेप्टेम्बरमा जर्मनीसँग खेल्दैछ भने त्यसको तीन दिनपछि युक्रेनसँग खेल्नेछ ।

यस्तो छ स्पेनको टोली :
गोलकपिर : डेभिड डी गेया, केपा अरिजाबालागा, युनाइ सिमोन
डिफेन्डर : जेसस नाभास, डेनी कार्भजल, सर्जियो रामोस, पाउ टोरेस, डिएगो लोरेन्टे, जोसे गया, सर्जियो रेगुइलन, इरिक गार्सिया ।

मिडफिल्डर : फाबियन रुइज, थियागो अल्कान्टारा, सर्जियो बुस्क्वेट्स, रोड्री हर्नान्डेज, मिकेल मेरिनो, डेनी ओल्मो र ओस्कार रोड्रिग्वेज ।

फरवार्ड : रोड्रिगो मोरेनो, मिकले ओयार्जाबाल, अडामा ट्राओरे, मार्को एसेन्सियो, अन्सु फाती र फरान टोरेस ।