आफ्नो जीवन रक्षालाई महत्व दिँदै तीज मनाउन प्रधानमन्त्रीको अनुरोध

काठमाण्डौ, ५ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा शुक्रबार शुभकामना व्यक्त गरेका छन् ।

ट्वीटरमार्फत शुभकामना सन्देश जारी गर्दै उनले कोरोना महामारीले सिर्जना गरेको सीमाभित्र रहेर तीज मनाउन र आ–आफ्नो जीवन रक्षालाई उच्च महत्व दिन सबैमा विशेष अनुरोध गरेका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीटमा यस वर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिका बीच मनाउनु परेको उल्लेख गर्दै विगतमा जस्तो भेटघाट, नाचँगान, रमझम र उल्लासको अवस्था नभएकोले विज्ञहरूको सल्लाह र सरकारको निर्देशनअनुरुप नै सामाजिक व्यवहार गर्न अनुरोध गरेका छन् ।

Loading...