Rumpum

Rumpum Advertisement

बिरामी श्रीमतीका लागि तीजको ब्रत बस्दै गायक प्रमोद

बिरामी श्रीमतीका लागि तीजको ब्रत बस्दै गायक प्रमोद

विराटनगर, ५ भदौ । युवापुस्तामाझ चर्चित गायक प्रमोद खरेल यसपालि तीजको ब्रत बसेका छन् ।

प्रमोदले आफू यसपालिको तीजको ब्रत बसेको ट्वीटमार्फत जानकारी दिएका हुन् ।

यो वर्ष उनकी श्रीमती दीपाले ब्रत बस्न नसक्ने हुँदा उनको साटो आफूले ब्रत बस्ने निर्णय लिएका हुन् ।

‘श्रीमतीले आजको दिन सधैँ श्रीमानको लामो आयुको लागि ब्रत बस्छन्’, उनले भने, ‘श्रीमती बिरामी भएको तीन महिना भयो, सुधार धेरै भएपनि यसपालि सक्दिँनन् । त्यसैले यसपालि म उनको लागि किन ब्रत नबस्ने ? यसपालि मैले उनको लागि ब्रत बस्दैछु ।’

दीपाले केही समयअघि छोरीलाई जन्म दिएकी थिइन् । बच्चा जन्मने समयमा आमा र शिशुको स्वास्थ्यमा कठिन समस्या उत्पन्न भएको थियो । दुवैको स्वास्थ्यमा सुधार भएपनि अहिले दीपा स्वास्थ्यलाभ गरिरहेकी छन् ।