Rumpum

Rumpum Advertisement

बुटवलको अस्पतालमा कोरोना संक्रमितको मृत्यु

बुटवलको अस्पतालमा कोरोना संक्रमितको मृत्यु

बुटवल, ५ भदौ । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा शुक्रबार एक जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्युठान स्वर्गद्वारी नगरपालिका–७ सोत्रेका ६४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

गौतमका अनुसार सुगर र उच्च रक्तचापको बिरामीसमेत रहेका उनको आज बिहान ६ः३० बजे मृत्यु भएको हो । ३२ साउनमा प्युठानमा नै संक्रमण पुष्टि भएका उनी १ भदौमा कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए ।

मृतक भारतबाट रोजगारी गरेर फर्किएका उनी नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका थिए । स्वाब जाँच गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएसँगै उनमा खोकी लाग्ने ज्वरो आउने र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि बुटवल ल्याइएको र कोरोना विशेष अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।