Rumpum Advertisement

जुम्लामा एकै दिन ५६ जनामा कोरोना संक्रमण पुष्टि

जुम्लामा एकै दिन ५६ जनामा कोरोना संक्रमण पुष्टि

जुम्ला, ५ भदौ । जुम्लामा एकै दिन ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कर्णालीमै सबैभन्दा बढी संख्याका रूपमा बिहीबार जुम्लाका ५६ जनामा एकैसाथ कोरोना पृष्टि भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाका अनुसार पुष्टि हुनेहरूमा हिमा गाउँपालिकाका ५१ जना र नाग्म बजारका ५ जना गरी ५६ जनामा कोरोना संक्रमण भएको हो ।

कर्णालीमै जुम्लामा यति धेरै संक्रमित देखिएको पहिलो पटक हो । अहिलेसम्म जुम्लामा कोरोना संक्रमतिको संख्या ७२ पुगेको छ ।