दुई कोरोना संक्रमितको मृत्यु

विराटनगर, ५ भदौ । वीरगञ्ज र चितवनमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरगञ्जमा ट्राभल हिस्ट्री नै नभएका वीरगञ्ज–१५ का ७४ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार साँझ ७ बजे मृत्यु भएको हो । उनको नारायणी कोभिड १९ वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको थियो ।

ज्वरो र खोकीले ग्रसित ती पुरुषको बुधबार स्वाब संकलन गरि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै चितवनको भरतपुर अस्पतालमा उपचाररत ६५ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । आईसीयूमा ६ दिनदेखि उपचाररत रत्ननगर नगरपालिका वडा नम्बर १३ का ६५ वर्षका पुरुषको मृत्यु भएको हो ।

मृतक पुरुष दीर्घरोगी रहेको र उनलाई क्षयरोग, खुट्टा नचल्ने, मृर्गौलामा समस्या रहेको अस्पतालका कोभिड–१९ क्लिनिकल संयोजक डा प्रमोद पौडेलले जानकारी दिए।

Loading...