नशालु पदार्थ खुवाएर बालिकामाथि ३० जनाले गरे सामूहिक बलात्कार

विराटनगर, ५ भदौ । इजराइलको दक्षिण शहर एलाटको एक होटलमा १६ वर्षीया एक बालिकामाथि नशालु पदार्थ खुवाएर बेहोस बनाउँदै ३० जनाले सामूहिक बलात्कार गरेको घटना बाहिर आएको छ ।

उक्त घटनाको त्यहाँको प्रहरीले अनुसन्धान थालेको छ । घटनामा संलग्न रहेको आरोमा अहिलेसम्म दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ परेकाहरुले घटनामा संलग्नता स्वीकार गरिसकेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । घटनामा संलग्न अरु व्यक्तिहरुको खोजी भइरहेको इजराइल प्रहरीले जनाएको छ ।

१६ वर्षीया ती बालिकालाई नशा दिएर बेहोस बनाएपछि बलात्कार गरिएको खुलेपछि अनुसन्धानको दायरा फराकिलो पारिएको जनाइएको छ । अहिले इजराइलमा यो सामूहिक बलात्कार चर्चाको विषय बनेको छ। इजराइलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले घटनाका दोषीहरुलाई कारबाही गर्ने बताएका छन्।

यो घटनालाई उनले मानवताविरुद्धकै निन्दनिय अपराध भनेका छन् । गत शुक्रबार बालिकाले आफूमाथि भएको अपराधबारे प्रहरीमा ऊजुरी दर्ता गराएकी थिइन्।

प्राप्त समाचार अनुसार यो महिनाको सुरुमा ती किशोरी आफ्ना साथीसँग एलात गएकी थिइन्। त्यहाँ उनले आफ्ना साथीले चिनेका मानिसहरुलाई भेटिन्। उनीहरु सबैजना सँगै मदिरा सेवनका लागि गए र पुनः होटल फर्किएका थिए।

होटलबाट फर्किएपछि सबैले पटक–पटक बालिकामाथि बलात्कार गरेको युवतीका साथीले उनलाई बचाउन कोसिस गरे पनि सफल नभएको बताइएको छ । घटनामा संलग्न सबैको उमेर २० वर्ष आसपास रहेको बताइएको छ ।

प्रहरीले एक संदिग्ध र किशोरीबीच भएको मेसेजिङमा बालिकामाथि कथित ज्यादतीको भिडियो फेला परेको छ। त्यसपछि पक्राउ परेका उनले घटनामा ३० जना भन्दा धेरैको संलग्नता रहेको जानकारी दिएका हुन् ।

Loading...