Rumpum Advertisement

सन्दीपको टोली जमैका पराजित

सन्दीपको टोली जमैका पराजित

एजेन्सी, ५ भदौ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तलावाज पराजित भएको छ ।

शुक्रबार बिहान आफ्नो दोस्रो खेल खेलेकाे जमैका ट्रीनबागो नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको हो ।

ट्रीनिडाड एन्ड टोबेगोमा भएको खेलमा ट्रीनबागोले टस जित्दै फिलिडङ रोजेपछि ब्याटिङमा उत्रिएको जमैकाले ८ विकेटको क्षतिमा १३५ रन जोडेको थियो ।

जमैकाका लागि ग्लेन फिलिप्सले ५८ रनको अर्थशतकीय इनिङ्स खेले भने एन्ड्रे रुसेलले २५ रन जाेडे । यस्तै रसिब अलीले २२ रन बनाए ।

बलिङतर्फ जयदेन निगेल सिलल र अली खानले समान २-२ विकेट झारे ।

१३६ रनकाे लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएकाे ट्रीनबागोले ३ विकेटकाे क्षतिमा १८.१ ओभरमा साे लक्ष्य पूरा गरेकाे हाे ।

उसकाे जितमा सुनिल नारिनेले ५३ रन जाेडे भने काेलिन मुन्रोले ४९ रन जाेडे । यस्तै डरेन माइकल ब्रेभाेले १४ रन बनाए ।

बलिङतर्फ सन्दीपले, मुजिब रहमान र फिडर इडवार्डले समान एक-एक विकेट लिए ।

यसअघि बुधबार राति भएको पहिलो खेलमा जमैकाले सेन्ट लुसिया जोउक्समाथि ५ विकेटको जित निकालेको थियो । जसमा सन्दीपले जमैकाका लागि पहिलो विकेट लिएका थिए ।

शुक्रबार पनि सन्दीपले एक विकेट लिए ।