Rumpum

Rumpum Advertisement

भदौभित्र बोलपत्र आह्वान गरिसक्न निर्देशन

भदौभित्र बोलपत्र आह्वान गरिसक्न निर्देशन

विराटनगर, ५ भदौ । विगतमा भएका ढिलासुस्ती अन्त्य गर्दै विकास निर्माण कार्य तीव्र बनाउन भदौभित्रै आयोजनाको बोलपत्र आह्वान गरिसक्न सडक विभागले मातहतका निकायलाई निर्देशन दिएको छ ।

एउटै आयोजनाको निर्माण वर्षौंसम्म चल्ने तर सम्पन्न नहुने विगतको परम्परा तोड्दै निर्धारित समयमा नै काम सम्पन्न होस् भन्ने उद्देश्यसहित भदौ भित्रमा नै आयोजनाको निर्माणका लागि बोलपत्र आह्वान गर्न मातहतका कार्यालयलाई पत्राचार गरिएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए ।

सडक विभागबाट सञ्चालित सरकारको वार्षिक कार्यक्रममा परेका विकास आयोजनाको निर्माण कार्य अगाडि बढाउन त्यस्तो पत्राचार गरिएको उनले स्पष्ट पारे । मातहतका सबै महाशाखा, शाखा, डिभिजन तथा आयोजना कार्यालयलाई वार्षिक कार्यक्रम अगाडि बढाउन भदौ मसान्तभित्र नै बोलपत्र आह्वान गरिसक्न पत्राचार गरिएको छ ।

भदौमा आह्वान गरिएका बोलपत्रको असोजसम्म मूल्याङ्कन तथा कात्तिकसम्म सम्झौता गरिनेछ । नयाँ आयोजनाका लागि बोलपत्र आह्वान गर्नुभन्दा चालू अवस्थामा रहेका आयोजना सम्पन्न गर्नु सडक विभागको प्राथमिकतामा रहेको महानिर्देशक शर्माले बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ