रुपन्देहीमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि

रुपन्देही, ४ भदौ । रुपन्देहीमा मृत्यु भएका वृद्धमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देवदह नगरपालिकामा मृत्यु भएका ७० वर्षीय वृद्धमा कोरोना पुष्टि भएको हो ।

देवदह मेडिकल कलेजमा मृत्यु भएका देवदह नगरपालिका–३, शिसपुर निवासी उनकोे बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ भएको पुष्टि भएको देवदह नगर स्वास्थ्य शाखाले जनाएको छ ।

मृत्यु भएका पुरुष विगत लामो समयदेखि पक्षघाट, सुगर, प्रेसरको बिरामी रहेको देवदह नगरपालिका–३, का वडाध्यक्ष वैकुण्ठबहादुर कुँवरले जानकारी दिए ।

कोरोना पोजेटिभ भेटिएका देवदह नगरपालिकामा कोरोना पोजेटिभका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । कोरोना पोजेटिभका कारण पुरुषको मृत्यु भएपछि देवदह–३, शिसपुरलाई सिल गरिएको छ ।

Loading...