ला लिगाको उपाधि जीवनकै सबैभन्दा ठूलो उपलब्धी : जिदान

एजेन्सी, ४ भदौ । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले ला लिगाको उपाधि आफ्नो जीवनकै सबैभन्दा ठूलो उपलब्धी भएको बताएका छन् ।

फ्रान्सेली प्रशिक्षक जिदानले एएफपीसँगको कुराकानीमा २०१९–२० को ला लिगा जितेर करिअरकै ठूलो उपलब्धी हासिल गरेको बताएका हुन् ।

रियलले बार्सिलोनालाई उछिन्दै २०१९–२० को सिजनको ला लिगा उपाधि जितेको थियो । जिदानले रियलबाट ३ पटक च्याम्पियन्स लिग, २ पटक ला लिगा र २ पटक क्लब विश्वकप जितिसकेका छन् ।

तर, हालै रियलले जितेको ला लिगाको उपाधि भने आफ्नो करिअरकै सबैभन्दा ठूलो उपलब्धी रहेको उल्लेख गरे ।

‘अन्त्यमा हामीले उपाधिका साथ ला ला लिगा सक्यौं । अन्ततः हामी उपाधि जित्न सफल भयौं । यो मेरो करिअरकै सबैभन्दा ठूलो उपलब्धी रह्यो । ला लिगा जितेको त्यो दिन मेरो जीवनकै सबैभन्दा खुशीको दिन थियो,’ उनले भने ।

Loading...