काठमाडौंमा लकडाउनभन्दा कडाइ गरिने

काठमाडौं, ४ भदाै । नेपाल प्रहरीका डीआईजी विश्वराज पोखरेलले काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा लकडाउनभन्दा कडा बनाउने बताएका छन् ।

उपत्यकामा कोरोना भाइरसको महामारी तीब्र रूपमा फैलिएकाले क्षति रोक्न सुरक्षामा बढी ध्यान दिनुपरेको बताउँदै पोखरेलले अब लकडाउनभन्दा कडाइ गर्ने बताए ।

उनले भने, ‘सरकार र सुरक्षा निकायको मात्रै होइन । नागरिक आफैंले पालना गर्नुपर्ने अवस्था छ ।’

पोखरेलले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई बिहीबार पनि सहजीकरण गरेको भन्दै अत्यावश्यक सेवाका कर्मचारीलाई नरोक्ने जानकारी दिए ।

Loading...