पछिल्लो ६ महिनाको कार्यकाल पूर्ण उपलब्धिमूलक रह्यो : मन्त्री तुम्बाहाङ्फे

पछिल्लो ६ महिनाको कार्यकाल पूर्ण उपलब्धिमूलक रह्यो : मन्त्री तुम्बाहाङ्फे

काठमाडौं, ४ भदौ । कानून न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले पछिल्लो ६ महिनाको आफ्नो कार्यकाल पूर्ण उपलब्धिमूलक भएको बताएकी छन् ।

dfs

कानून मन्त्रीको कार्यभार सम्हालेको छ महिना पूरा गरेको अवसरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेलेले उपलब्धीमूलक रहेको बताएकी हुन् ।

उनले मौलिक हकसँग जोडिएका १६ वटामध्ये १२ वटा नियमावली बनाइसकेको उल्लेख गर्दै खाद्य अधिकार, आवासको अधिकार र अपराध पीडितको हकबारे भने सुझाव संकलनको काम भइरहेको बताइन् ।

६ महिनाको अवधिमा मन्त्रालयले १९ वटा विधेयकको मस्यौदा, २८ नियमावलीको मस्यौदा, ७ वटा विधेयक, २ वटा निर्देशिकाको तर्जुमा गर्न सहमति दिएको छ ।