यस्ता छन् हरियो खोर्सानीले निम्त्याउने समस्याहरू

यस्ता छन् हरियो खोर्सानीले निम्त्याउने समस्याहरू

विराटनगर, ४ भदौ । मसलादार खाना खान मन पराउँने व्यक्तिहरू हरेक दिनको खानामा हरियो खोर्सानी समावेश गर्छन् ।

प्रत्येक दिन हरियो खोर्सानीको सेवनले स्वास्थयमा धेरै फाइदाहरू हुने गर्छ । हरियो खोर्सानीको सेवनले तौल घट्ने, कोलेस्ट्रोल घट्ने, क्यानसरको जोखिम कम हुने, रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने, छालालाई चम्किलो राख्ने लगायतका धेरै फाइदाहरू हुने गर्छन् ।

तर, हरेक कुराको फाइदाका साथै बेफाइदा पनि हुने हुँदा धेरै मात्रामा हरियो खोर्सानीको सेवनले शरीरमा विभिन्न समस्याहरू निम्त्याउन सक्छ । चाहिनेभन्दा धेरै वा अधिम मात्रामा हरियो खोर्सानी खानुका बेफाइदाहरू यस्ता छन्ः  

  • हरियो खोर्सानीको धेरै सेवनले झाडापखाला लाग्न सक्छ ।
  • हरियो खोर्सानी धेरै खादा मलाशय सुन्निने समस्या निम्तिन सक्छ । यो विशेष गरी पाइल्सबाट पीडित व्यक्तिहरूको लागि पीडादायक हुनसक्छ ।
  • हरियो खोर्सानीले पेटमा गर्मी बढाउन सक्ने हुँदा गर्भवती महिलाहरूलाई यसको सेवन हानिकारक हुन सक्छ ।
  • खानामा धेरै हरियो खोर्सानी समावेश गर्दा पेट पोल्ने समस्या निम्त्याउन सक्छ ।
  • खोर्सानीमा क्यापसिसिनको उच्च मात्रा हुने हुँदा हरियो खोर्सानीको धेरै सेवन शरीरको लागि विषाक्त हुन सक्छ ।
  • धेरै खोर्सानीको सेवनले शरीरको तापक्रम बढ्न सक्छ । शरीरको ताप बढ्दा मुखमा घाउ हुने तथा मुखमा अल्सरसमेत हुन सक्छ ।
  • पेप्टिक अल्सरबाट पीडित व्यक्तिहरूलाई हरियो खोर्सानीको सेवन नगर्न सल्लाह दिइन्छ ।