सञ्‍जयको उपचार भारतमै हुने

विराटनगर, ४ भदौ । भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको पुष्टि भएसँगै उनको उपचार अमेरिकामा हुने बताइएको थियो ।

तर, दत्तको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै उनकी पत्नी मान्यताले महामारीको अवस्था सामान्य नभएसम्म प्रारम्भिक उपचार भारतमै हुने जानकारी दिँदै विज्ञप्ति सार्वजनिक गरेकी छन् ।

सञ्‍जयको प्रारम्भिक चरणको उपचार मुम्बईको कोकिलाबेन अस्पतालमा गरिने भएको छ ।

उपचारको आधारमा वा कोरोना महामारीको अवस्था सामान्य भएपछि मात्रै विदेशमा उपचार गर्न जानेबारे योजना बनाउने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

क्यानसरसँगको लडाइँमा सञ्‍जयले विजय प्राप्त गर्ने विश्वास व्यक्त गर्दै डाक्टरहरूले आफ्नो काम गर्न र उनको स्वास्थयको अवस्थाबारे अनावश्यक अनुमान गरी हल्ला नगर्न मान्यताले आग्रह गरेकी छन् ।

सञ्जयको स्वास्थ्य अवस्थाको बारेमा समय समयमा सबै अपडेट गराइने जनाइएको छ । साथै, मान्यताले दर्शकले दिएको माया र आर्शीवादका लागि धन्यवादसमेत दिएकी छन् ।

Loading...